बेपत्ता युवकको खोजी गर्न खोलियो सेतीको बाँध

रासस

विहीबार, २८ मंसिर २०८०, १५ : ३८
बेपत्ता युवकको खोजी गर्न खोलियो सेतीको बाँध

काठमाडौँ । बेपत्ता युवकको खोजीका लागि पोखरा महानगरपालिका-१६ मा सेती नदीको बाँध खोलिएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका तनहुँका १९ वर्षीय सङ्गम मिश्र २५ मंसिरदेखि गतेदेखि सम्पर्कविहीन भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार युवकको खोजी गर्न सिँचाइ आयोजनाका लागि थुनिएको सेती नदीको बाँध खोलिएको हो । बाँध साँझ ४ बजेसम्म खुला रहने बताइएको छ ।

तनहुँका मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहीँबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएका बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस