काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकारलाई ५३ बुँदे सुझाव पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको चार दलिय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरू तयार गर्न जसपा नेपालका अध्यक्ष यादवलाई जिम्मेवारी दिएको थियो ।
यादवले बुधबार ५३ वटा बुँदा सरकारले गर्नुपर्ने कामहरू सुझाव पेश गरेका हुन् । यादवले सङ्घीयता कार्यान्वयन सम्बन्धमा आठवटा, संविधान संशोधनसम्बन्धीमा एउटा, सामाजिक न्यायको हकसम्बन्धीमा चारवटा, निर्वाचन क्षेत्र निर्धारणसम्बन्धमा एउटा, शिक्षासम्बन्धीमा सातवटा, स्वास्थ्यसम्बन्धमा तीनवटा, कृषिसम्बन्धमा सातवटा र उद्योगसम्बन्धमा २१ वटा बुँदा समेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं : उपेन्द्र यादव
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे उपेन्द्र यादव
जसपा नेपालले पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने
स्थानीय तहमा दलविहीन चुनाव : उपेन्द्र यादव
जसपा नेपालले संविधान दिवसमा भाग नलिने, विरोध गर्ने