काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) ले रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण आयोजना गरेको छ।
रुपन्देहीको श्रीलंका गेष्टहाउसमा तीन दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ्गलगायतका नेता तथा विषय विज्ञहरुले प्रशिक्षण दिएका छन्।
अध्यक्ष यादवले पार्टीको आदर्श, सामाजिक न्याय, सुशासन र समाजवादबारे प्रशिक्षण दिएका पार्टीका लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादवले जानकारी दिए।
त्यसैगरी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले संघवादका आधारभूत सिद्धान्त र समाजवादको नेपाली बाटोको विषयमा प्रशिक्षण दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको रिटमा आज सुनुवाइ हुँदै
जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव
जसपा विभाजनको निर्णय यथास्थितिमा राख्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश
जसपा नेपालको केन्द्रीय समिति बैठक आज
जसपाले २ मन्त्री र १ राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई पठायो
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी