तनहुँ । ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा मृतक महिलाका पति र २ छोरा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको ट्रकको ठक्करबाट मृत्यु भएको हो।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय छोरा सुमन र छ वर्षीय गुराँस घाइते भएका छन्। घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो