काठमाडौं। ७ दिनको युद्धविरामपछि इसराइलले गाजामा पुनः आक्रमण सुरू गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दोस्रो पटक थप गरिएको युद्धविरामको अवधि सकिएलगत्तै शुक्रबार गाजामा इसराइलले आक्रमण सुरू गरेको हो।
गजास्थित खान युनिसको पूर्वी क्षेत्रहरूमा बमबारीको आवाजसँगै आकाशमा धुवाँको मुस्लो देखिएको रोयटर्सले उल्लेख गरेको छ। इसराइली सैनिकले पनि एक्स (ट्वीटर) मार्फत गाजामा हमासलक्षित कारबाही गरिएको पुष्टि गरेको छ। उसले हमासका २ सय लडाकुलाई लक्षित गरी जल, स्थल र आकाशबाट आक्रमण गरेको बताएको छ।
शुक्रबार इसराइली आक्रमणबाट गाजामा १८४ जनाको मृत्यु, ५८९ जना घाइते र २० भन्दा बढी घर ध्वस्त भएको गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
पहिलो चार दिनको युद्धविरामपछि हमासले प्रत्येक दिन १० जना बन्धक मुक्त गर्ने र इसराइलले एक दिन युद्धविराम लम्ब्याउने भनेको थियो। त्यसो नहुँदा इसराइलले आक्रमण गरेको हो।इसराइल-हमास लडाइँको ४८ दिनपछि नोभेम्बर २४ मा युद्धविराम भएको थियो।
त्यसयता हमासले बन्धक बनाएका २३९ जनामध्ये १०४ बन्धक मुक्त गरेको छ। बदलामा इसराइलले आफ्नो देशमा रहेका २४० प्यालेस्टिनियन कैदीलाई जेलमुक्त गरेको छ।इसराइल-हमासबीच महत्त्वपूर्ण मध्यस्तकर्ताको भूमिका खेलिरहेको कतारले युद्धविरामको प्रयास अझै जारी रहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद
१२३ किलो गाँजासहित सुनसरीबाट एकजना पक्राउ
१ सय २६ केजी गाँजासहित २ जना पक्राउ
गाजामा इजरायली हवाई आक्रमण, मेयरसहित २२ जनाको मृत्यु
सुनसरीबाट ६४ किलो गाँजा बरामद
३५ किलो गाँजासहित अटो नियन्त्रणमा