काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङ्तानको मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार दिउँसो १ बजेको समयमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल छेउबाट अन्दाजी १२ मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका भीमबहादुरको हेटौँडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
उक्त दुर्घटनामा परेर यसअघि उनकी श्रीमती ३४ वर्षीया रुपा स्याङ्तान र उनको पाँच महिने छोरीको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक तीनै जनाको शव हेटौँडा अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ मंसिर २०८०, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २ गते त्रिशुलीमा खसेका रोहितको शव भेटियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु