काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीमा भीम प्रसाद गौतम नियुक्त भएका छन्। ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानले गौतमलाई बुधवार ३ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो।
इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रूपमा इप्पानमा स्वागत गर्दै, गौतमको कार्यकालमा इप्पानले नयाँ उँचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पानलाई नयाँ उँचाइ दिन आफूले सतप्रतिशत योगदान दिने बताएका छन्।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १३ मंसिर २०८०, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्रीलाई इप्पानको आग्रह
स्थानीय तहले आफूखुसी कर मागेपछि इप्पानद्वारा संघीय मामिला मन्त्रीको ध्यानाकर्षण