काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
सो क्रममा भूकम्पपछि पुनःनिर्माण गरिएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको प्रधानमन्त्रीले ओलीलाई अवलोकन गराएका थिए ।
उनीहरुले हालै पुनःनिर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबारको पश्चिमतर्फको भवन अवलोकन गरेका छन् ।
२०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ मंसिर २०८०, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली नेतृत्वको सरकारको आयु धेरै लामो छैनः प्रचण्ड
व्यक्ति मात्रै होइन पार्टीहरू नै माओवादीसँग जोडिन संवादमा छन् : प्रचण्ड
चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
नेता व्यवस्थापन गर्न प्रचण्डको निर्देशन
विराटनगरमा हुस्सु छिचोल्दै प्रचण्डको मनिङ्वाक
दण्डपाणि न्यौपानेको परिवार भेट्न घरमै पुगे : प्रचण्ड