एजेन्सी । रोड्रियो र जुड बेलिङह्यामको गोलको मद्दतले क्याडिजलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा रियल ३–० गोलले विजयी बनेको हो ।
खेलको १४ औँ मिनेटमा नै रोड्रिगोको उत्कृष्ट गोलको मद्दतले अग्रता लिएको थियो । २२ वर्षीय ब्राजिलियन खेलाडीले दोस्रो हाफको ६४ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
२० वर्षीय इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्यामले १० मिनेटपछि तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । यो सिजन रियलका लागि उनको १३ औँ गोल थियो ।
लगातार तेस्रो जीतपछि टोलीको ३५ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको जिरोनाले एक खेल कम खेलेको छ । उसको ३४ अङ्क छ । समान ३१ अङ्क भए पनि एट्लेटिको मड्रिड तेस्रो र बार्सिलोना चौथो स्थानमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ११ मंसिर २०८०, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रियल मड्रिडले जित्यो फिफा इन्टर कन्टिनेन्टल कप
रियल मड्रिडको संर्घषपूर्ण जित
उपाधितर्फ लम्किँदै रियल मड्रिड
रियल मड्रिड एथ्लेटिकोसँग पराजित
रियल मड्रिडले जित्यो सुपर कपको उपाधि