उत्तर कोरिया अब विश्वलाई प्रहार गर्नसक्ने सैन्य क्षमताले सुसज्जित छ : किम

एजेन्सी

शुक्रबार, ०८ मंसिर २०८०, १५ : ४०
उत्तर कोरिया अब विश्वलाई प्रहार गर्नसक्ने सैन्य क्षमताले सुसज्जित छ : किम

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले हालै प्रक्षेपण गरिएको जासुसी उपग्रहका कारण आफ्नो देश अन्तरिक्ष विज्ञानको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।देशका अन्तरिक्ष वैज्ञानिक र प्राविधिकको कामको प्रशंसा गर्दै किम जोङ उनले उत्तर कोरियाको अन्तरिक्ष मिसन पूर्णतया आत्मरक्षामा रहेको बताएका हुन् ।

बिहीबार उत्तर कोरियाको जासुसी उपग्रहलाई अन्तरिक्ष कक्षमा राखिएको थियो । सो अवसरमा उनले उत्तर कोरियासँग अहिले विश्वमा आक्रमण गर्ने सैन्य क्षमता रहेको बताए ।

उत्तर कोरियाको यो जासुसी उपग्रह तेस्रो प्रयासमा सफल भएको छ । सेप्टेम्बरमा नै किम जोङ उनले रुसको भ्रमण गरेका थिए जहाँ उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए ।

उक्त भेटमा पुटिनले किमलाई स्याटेलाइट निर्माणमा सहयोग गर्ने वाचा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस