सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०७ मंसिर २०८०, १९ : ५०
सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

रेसुङ्गा । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले राससलाई जानकारी दिए ।

मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो ।

आज दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको र श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पु¥याइएको थियो । अस्पताल ल्याएको एक घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस