जीर्ण अवस्थामा रहेको संस्कृत विश्वविद्यालयको भवन अन्तत भत्काउन सिफारिस

सफल खबर संवाददाता

विहीबार, ०७ मंसिर २०८०, १२ : १०
जीर्ण अवस्थामा रहेको संस्कृत विश्वविद्यालयको भवन अन्तत भत्काउन सिफारिस

काठमाडौँ । वसन्तपुर डवलीको दक्षिणतर्फ रहेको  संस्कृत विश्वविद्यालयकाे भवन जीर्ण भएकोले भत्काउन सिफारिस गरिएको छ ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा गठित समितिले भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने भएको जनाउँदै प्राविधिक प्रतिवेदनका आधारमा भत्काउन सिफारिस गरेको हो ।

२०७९ फागुन ११ गते बिहीबार बसेको महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले उपप्रमुख डंगोलको संयोजकत्वमा वडा नं. ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगत र वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस