काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यसैगरी ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिना अगाडि नै राजीनामा दिएका थिए । उनले पनि आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको र त्यसलाई आजको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको मन्त्री शर्माले बताइन् ।
मन्त्रिपरिषद बैठकले सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गठन भएको आयोगको माग बमोजिम चार जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ ।यसैगरी विद्युत सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने र प्राविधिक शिक्षाको क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीसफ्र्याङ्क ४.४६५ मिलियन (करिब ६५ करोड रुपैयाँ) अनुदान स्वीकृत गर्ने निर्णय पनि भएको मन्त्री शर्माले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?
आज साँझ मन्त्रिपरिषद् बैठक, डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे छलफल हुने
सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय
मधु मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी
कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा