काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको दाबी गरेका छन् ।मंंगलबार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अर्थतन्त्रका कयौँ सूचकहरु सकारात्मक रहेपनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताए । अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जा सम्बन्धीका समस्या विगतमा विभिन्न कारणले पैदा भएपनि एकथरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताए । उनले समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानी शरणार्थी प्रकरण लगायतका माफिया शक्तिले दुई दल मिलाए : प्रधानमन्त्री प्रचण्ड
विपद्को बेलामा खोज उद्धारमा लाग्नुपर्ने बेला सरकार परिवर्तनको खेला विडम्बनापूर्ण : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डलाई ६३ जना सांसदको मात्र समर्थन !
अल्पमतमा परेका प्रधानमन्त्रीलाई थप ८ मन्त्रालयको जिम्मा
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता
विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री प्रचण्ड