काठमाडौ । दाङको तुलसीपुर उपमहानगरपालिका– ६ गाइडहरमा एकै घरका दुई दाजुभाइ बन्द कोठाभित्र मृत फेला परेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन्।
उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे। मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए।
मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ। मंगलबार शव निकालेर परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाइ छ।
डीएसपी पोखरेलका अनुसार सोमबार साँझ मात्रै उनीहरू कोठामा मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई आएको हो। एउटै कोठाको दुई खाटमा उनीहरु मृत फेला परेका हुन्।
शव गनाइसकेकाले उनीहरुको दुई तीन दिनअघि नै मृत्यु भएको अनुमान प्रहरीले गरेको छ। पोस्टमार्टमपछि मात्र दाजुभाइको मृत्युको बास्तविक कारण खुल्ने डीएसपी पोखरेलले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा एक महिला मृत फेला
चितवनमा हिरासतमा रहेका एक थुनुवा मृत फेला
चाबहिलका मानन्धर हेटौँडाको होटेलमा मृत भेटिए
चितवनबाट काठमाडौँ आउँदै गरेका नरेन्द्र झ्याप्ले खोलामा मृत भेटिए
रुपन्देहीमा दुई जना मृत फेला
अमेरिकाको मेरिल्याण्डमा एक नेपाली मृत भेटिए