काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेसले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने उनले बताए । 'सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न सक्दैन । यदि कुनै ठाउँमा बदमासी छ भने त्यसलाई नियन्त्रण गर्न सकिन्छ, तर समग्र निजी क्षेत्रको मानमर्दन गर्नुको साटो सम्मान गर्नुपर्छ,' उनले भने ।
उनले व्यवसाय दर्ता, नवीकरण वा राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्नेमा पनि जोड दिए । साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औंल्याउँदै महासंघले यसको जोखिम न्यूनीकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको ढकालले बताए ।
नेपाल दुई वर्षपछि विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने कुरामा योजना आयोगको रणनीतिले जोखिम न्यूनीकरण गर्न सक्षम नभएको उनको टिप्पणी छ । ढकालले निजी क्षेत्र रणनीति बनाउन तयार रहेको बताउँदै २०२१ मै यससम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरेको स्मरण गराए ।
ढकालले विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरूले अर्थतन्त्रमा समस्या सिर्जना गरेको बताए । उनका अनुसार कम मागका कारण बजारमा चहलपहल छैन र उद्यमीहरू लगानी गर्न हतोत्साहित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक छ: अध्यक्ष ढकाल
चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ : अध्यक्ष ढकाल
स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
सीआईपी सम्मान दिने निश्चित मिति घोषणा गरौँ : अध्यक्ष ढकाल
महासङ्घ अध्यक्ष ढकालको आग्रह– सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखौँ
नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौँ : अध्यक्ष ढकाल