काठमाडौँ । गएराति काठमाडौँमा भूकम्प गएको छ।
बिहीबार राति १० बजेर ४६ मिनेट जाँदा काठमाडौँको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
काठमाडौँका विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमा लेखेका छन्।
सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले यो भूकम्पको धक्का काठमाडौँसहित आसपासका जिल्लामासमेत महसुस भएको छ।
बिहीबार बिहान १० बजेर १३ मिनेटमा जाँदा कास्की र मनाङको सीमामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ४.२ म्याग्निच्युडको थियो। काठमाडौँमा धेरै समयपछि गएराति भूकम्पको धक्का महसुस भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङ केन्द्रबिन्दु भएर भूकम्प
दिल्लीमा भूकम्प गएपछि मोदीको अपिल : सतर्क रहनुहोस्
नयाँ दिल्लीमा भूकम्पको धक्का
जुम्लामा लगातार दोस्रो भूकम्प
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का
पर्वत केन्द्रबिन्दु भएर भूकम्पको धक्का