काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट दुई दर्जन जुवाडे पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगु समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ४ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको बताइएको छ ।
साथै सोही गेस्ट हाउसको पार्किङमा ओखर(जुवा) खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बु समेत १० जनालाई नगद ४९ हजार ५ सय ५० रुपैयाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ ।
यता काठमाडौँ महानगरपालिका-१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२ लाख रुपैयाँसहित २६ जुवाडे पक्राउ
कञ्चनपुरमा डेढ लाखसहित ३७ जुवाडे पक्राउ
भैंसेपाटीस्थित सेकुवा कर्नरबाट ६ जना जुवाडे पक्राउ