काठमाडौँ । बझाङको धमेना केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोक विजय अधिकारीले बझाङमा धमेनामा भूकम्प पछि फेरी परकम्प गएको जानकारी दिए ।
“धमेना केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको परकम्प गएको हो”, उनले भने, “बझाङ आसपासका जिल्लामा समेत परकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ ।”
गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता धेरै पटक परकम्प गएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का
बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने
मतगणनाका लागि बझाङमा सर्वदलीय बैठक सुरु
बझाङमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान
उपनिर्वाचनका लागि एमालेले बनायो ५०१ सदस्यीय समिति
बझाङमा माओवादीले उम्मेदवारी फिर्ता नलिने