ओखलढुंगा । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेशस्तरीय दुई दिवसीय प्रशिक्षण सुरु भएको छ ।ओखलढुंगास्थित जिल्ला समन्वयको सभाहलमा आजदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कोसी प्रदेश समितिका इन्चार्ज रकम चेम्जोङ, केन्द्रीय कार्यकारिणी सदस्य रणध्वज कन्दङवालगायतका नेताहरूले प्रशिक्षण दिन लागेका छन् ।
प्रशिक्षण कार्यक्रममा उक्त प्रदेश अन्तर्गत रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय नेताहरू, प्रदेश समिति, पहिचानका राष्ट्रिय समिति, जिल्ला समिति, पालिका समिति र भ्रातृ सङ्गठनका प्रतिनिधि सहभागी रहेका छन् ।
यसैबिच जसपाको ओखलढुंगा जिल्ला समिति पुनर्गठन गरिएको छ । आज आयोजित कार्यक्रमबाट खेमराज खड्काको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन गरिएको छ । समितिको उपाध्यक्षमा प्रकाश तामाङ, सचिव पासाङ निमा शेर्पा, उपसचिव निर्मल सुनुवार, चम्मर राई र कोषाध्यक्ष सुइटी शाह चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको रिटमा आज सुनुवाइ हुँदै
जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव
जसपा विभाजनको निर्णय यथास्थितिमा राख्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश
जसपा नेपालको केन्द्रीय समिति बैठक आज
जसपाले २ मन्त्री र १ राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई पठायो
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी