रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मुलुकको बिकासका लागी आम जनताको शासन ब्यवस्था आवश्यक रहेको बताएका छन् ।रौतहटको फतुवाबिजयपुर नगरपालिकाको बिजयपुर बजार र गुजरा नगरपालिकाको सिमराभवानीपुरमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि आम जनताको शासन ब्यवस्था आवश्यक रहेको बताए ।
मुलुकको बिकासका लागी आम जनताको शासन ब्यवस्था आवश्यक छ´ आजप अध्यक्ष साहले भने,
अहिलेको यो संबैधानिक ब्यवस्थाले केही हुनेवाला छैन। केही नेता र दलको हैकम मात्रै चलेको छ, त्यसलाई जरैदेखि उखेलेर फाल्नुपर्ने हुन्छ ।´नेपालमा भएको सम्पत्ति बेचेर बिदेशमा थुपारिरहेका गैर आवासीयलाई दोहोरो नागरिक्ता दिएर नेपाललाई कंगाल बनाउने काम भई रहेको बताउदै उनले यसलाई रोक्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धराशायी : प्रभु साह
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग
अवहेलना मुद्दामा प्रभु साहविरुद्ध कारण देखाऊ आदेश जारी
प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता
सरकारले अध्यादेशबाटै शासन गर्न थाल्यो : प्रभु साह
मनोमानी करले उधोग, व्यापार धवस्त हुँदैछन् : प्रभु साह