काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आगामी मङ्सिर ४ गते बृहत् बैठक बोलाएका छन् । आइतबार तनहुँको आँबु खैरीनीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण रहे पनि अहिले क्रमशः सुधार भइरहेको बताए ।
‘मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो । अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर दबाबमुक्त भइसकेको छैन । मङ्सिर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत् बैठक बोलाएको छु ।’
उनले त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने भन्दै सोही बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याउने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ मंसिर २०८०, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री दाहालको सम्पत्तिः चितवनमा १५ कट्ठाको घर-घडेरी, २५ लाख मौज्दात
सत्तारुढ दलको बैठक बोलाउने प्रधानमन्त्री प्रचण्डको तयारी
स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौँ : प्रधानमन्त्री
विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री प्रचण्ड