काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पूर्वविजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । शुक्रवार बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० गोलले पराजित भएको छ । उरुग्वेका लागि रोनाल्ड अराउजोले खेलको ४१ र डार्विन नुजेजले ८७ मिनेटमा गोल गरे ।
उरुग्वेसँग हारे पनि अर्जेन्टिना ५ खेलमा १२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । उरुग्वे उति नै खेलमा १० अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ ।यस्तै आजै बिहान घरेलु मैदानमा भएको खेलमा ब्राजिल कोलम्बियासँग २-१ गोलले पराजित भयो । ब्राजिलले शुरुवाती गोल गर्दै अग्रता लिए पनि कोलम्बियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो । कोलम्बियाका लागि लुइस डियाजले खेलको ७५ र ७९ मिनेटमा गोल गरे । ब्राजिलका लागि खेलको ४ मिनेटमा गब्रेल मार्टीनेली गोल गरे ।
ब्राजिल ५ खेलमा ७ अङ्कसहित पाँचौँ स्थानमा छ । कोलम्बिया उति नै खेलमा ९ अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ मंसिर २०८०, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेसीको ह्याट्रिकसहित अर्जेन्टिनाको आधा दर्जन गोल
अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित
ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा
ओलम्पिकमा फ्रान्सले अर्जेन्टिनालाई हराएपछि झगडा
अर्जेन्टिनाको कोपा अमेरिकामा विजयी शुरुवात
अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित