काठमाडौं। नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ ।स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा १५० जनाले रक्तदान गरेका बैंकले जनाएको छ ।नेपालको पहिलो बैंकलाई आधुनिक, सफल र नेतृत्वदायी बैंकको रुपमा यस अवस्थासम्म पुर्याउन साथ, सहयोग, समन्वय गर्ने सम्पूर्णमा बैंकले कृतज्ञता व्यक्त गरेको छ ।
नेपाल बैंक लिमिटेडको इतिहास
नेपालमा बैंकिङ प्रणालीको शुरूवात र विकासको हिसाबले यो बैंक आजको बैंकिङ क्षेत्रमा आएको क्रान्तिको जग हो । वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंकको तत्कालीन राजा त्रिभुवन वीरविक्रम शाहले गरेका उद्घाटन गरेका थिए ।
सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले शुरू गरेको यस बैंकको चुक्ता पूँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो ।
आफ्नो स्थापना कालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व वि.सं २०१२ सम्म देशको केन्द्रीय बैंकको रुपमा समेत कार्य गरी नेपालको बैंकिङ क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गरिसकेको छ ।
बैंकको भूमिका
नेपाल बैंक नेपाली माटो र हरेक नेपाली जनसँग प्रगाढ सम्बन्ध गासिएको बैंक हो । बालक, युवा, प्रौढ हुँदै जेष्ठ नागरिक सबैको रोजाइको बैंक बन्न सफल बनेको छ । सरकारी स्वामित्व रहेको कारणले पनि नाफा मात्र नभई उच्च सेवा भाव यस बैंकको मुख्य ध्येय हो ।
वर्तमान अवस्था
हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी बाह्य श्रोतसमेत करिब ३६०० कर्मचारीमार्फत आधुनिक बैंकिङ सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भएको नेपाल बैंकले २ सय २८ शाखामार्फत कारोबार, २ सय ४ वटा एटीएम तथा ५८ वटा एक्सटेन्सन काउण्टर मार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ ।
बैंकले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन पनि सफल भएको छ ।बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् भने हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको छ । ८७ वर्ष अघि ८ लाख ४२ हजार रुपैयाँबाट शुरू भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड छ । वि.सं. २०८० असार मसान्तसम्म २ खर्ब ४४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ ।
प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने पूँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र ३६ अर्ब ५८ करोड भन्दा बढि नेटवर्थ रहेको छ ।
प्रशस्त अचल सम्पत्ति, निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, ब्याजदरको कम उतार/चढाव, खराब कर्जा व्यवस्थापन लगायतका सूचकहरूमा समेत बैंक दरिलो देखिन्छ ।बैंकले विगत आ.व. २०७६/७७ देखि आफ्ना शेयरधनीहरूलाई नियमित रुपमा वोनस शेयर तथा नगद लाभांश प्रदान गर्दै आईरहेको छ ।
निक्षेप, कर्जा, तरलता तथा पूँजी पर्याप्तता लगायत बैकका अधिकांश परिसूचकहरू सबल रहेका छन् । बैंकको आधारदर प्रतिस्पर्धी रहेको छ । बैंकका अधिकांश कारोबारहरू डिजिटल माध्यम मार्फत सञ्चालन भइरहेको छ ।
ग्राहक सेवाको गुणस्तरमा कहि सम्झौता नगर्ने बैंकप्रति आम जनताको आकर्षण बढ्दै गइरहेको छ । यी सबै अवस्था र परिसूचकहरू विश्लेषण गर्दा नेपाल बैंक लिमिटेड एक अब्बल, सक्षम र नेतृत्वदायी बैंकको रुपमा स्थापित भएको छ ।
प्रतिबद्धता
सेवामा इमानदारिता र व्यावसायिकता प्रस्तुत गर्न सकियो भने दिगो प्रतिफल सम्भव छ भन्ने अटल विश्वास बैंकले स्थापित छ ।आम नेपालीलाई सरल र सहज रुपमा अझ बढि प्रभावकारी, गुणस्तरीय, आधुनिक प्रविधिमैत्री एवं विश्वसनीय बैंकिङ सेवा प्रदान गर्ने हाम्रो अठोट छ । जस मार्फत राष्ट्रको उन्नति र प्रगतिमा अझ धेरै सहकार्य गर्ने र देशको आर्थिक निर्माणमा सारथी बन्ने प्रतिबद्धता बैंकको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता
नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना
नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालयबिच बैंकिङ कारोबार सम्झौता