एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङ तानाशाह भएको दोहोर्याएका छन् । उनले चिनियाँ समकक्षीमाथि यस्तो टिप्पणी गरेको यो दोस्रो पटक हो ।
एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा सीसँग भेटवार्तापछि आयोजित एक पत्रकार सम्मेलनमा बाइडेनले सी तानाशाह नै भएको बताएका हुन् ।
सञ्चारकर्मीको एक जिज्ञासामा उनले भने, ‘चीनको सरकार यस्तो स्वरुपमा आधारित छ जो हाम्रो भन्दा विल्कुल फरक छ । उनी त्यस्तो देशको सत्तामा रहेको अर्थमा तानाशाह हुन् ।’
यस पहिलो गत जुनमा पनि बाइडेनले सी तानाशाह भएको अभिव्यक्ति दिएपछि हंगामा भएको थियो । त्यतिबेला चीनले बाइडेनको टिप्पणीलाई ‘एकदम बेतुक र गैरजिम्मेजारीपन’ भनेर प्रतिक्रिया दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण
बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन