नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गरौं : मेयर साह

सफल खबर संवाददाता

मंगलबार, २८ कार्तिक २०८०, १२ : ४५
नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गरौं : मेयर साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न आग्रह गरेका छन् ।

आज काठमाडौँमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौँ महानगरपालिकाले पहिलादेखि नै नेपाल संवतको प्रयोग गरिरहेको र देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।

उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न सरकारले मुख्य भूमिका निर्वाह गर्नुपर्ने पनि बताए । उनले आगामी वर्षसम्म नेपाल संवत राष्ट्रिय रूपमा नै प्रयोग हुने विश्वास व्यक्त गरे ।

‘नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौं महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरूमा समावेश गर्दै आएको छ । प्रधानमन्त्रीज्यू पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रूपमा मनाउन आग्रह छ । अर्को पटक आउँदा राष्ट्रिय रूपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस