१३ औं वार्षिकोत्सवको अवसरमा फूडमान्डुले ल्यायो ‘टिन इयर म्याजिक’ अफर

सफल खबर संवाददाता

शनिबार, २५ कार्तिक २०८०, १४ : ४७
१३ औं वार्षिकोत्सवको अवसरमा फूडमान्डुले ल्यायो ‘टिन इयर म्याजिक’ अफर

काठमाडौं। नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ ।आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो कोहीको लागि पहिलो रोजाई हुन सफल भएको छ । 

 

वार्षिकोत्सवको अवसरमा बोल्दै फूडमान्डुका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले प्रयोगकर्ताले  दिएको साथका लागि आभार व्यक्त गरे । ‘हामी सदैव हाम्रा ग्राहकलाई स्वादिष्ट परिकार घरमै पुर्‍याउन र उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध छौं । हाम्रो आजसम्मको यात्रामा साथ दिनुभएकोमा सम्पूर्ण ग्राहकवर्ग र हाम्रो साझेदारहरूप्रति हामी आभारी छौं’ उनले भने ।

यसै गरी फूडमान्डुका मार्केटिङ तथा ब्राण्ड प्रमुख श्याम रत्न मालीले फूडमान्डु आफ्नो किशोरावस्थाको पहिलो वर्षमा प्रवेश गरिसकेको बताए । यो सबैको लागि महत्वपूर्ण कोशेढुंगा भएको उनको भनाइ छ ।यसका साथै वार्षिकोत्सवको अवसरमा ‘टिन इयर म्याजिक’ अफर सार्वजनिक गरिएको उनले जानकारी दिए ।

यो अफर अन्तर्गत कम्बोमा ५१ प्रतिशतसम्म छुट, बाइ वान गेट वान फ्री र अन्य थुप्रै रेस्टुरेन्टहरूमा २५ प्रतिशतसम्म फ्ल्याट छुट रहेको छ । यसका साथै विभिन्न अफरहरू प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।यस्तै, कम्पनीले वार्षिकोत्सवको दिनमा अर्थात् कात्तिक २५ गते प्रत्येक अर्डरमा प्रोमो कोड ‘TeenYearMagic’को प्रयोगमा थप १३ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यस्तै, वार्षिकोत्सवलाई अझ उत्साहपूर्ण बनाउनका लागि फूडमाण्डुले विभिन्न रेष्टुरेन्टहरूबाट निःशुल्क मिठाइहरू पनि प्रदान गर्ने भएको छ । साथै मःमः,  चिकेन विङ्ग जस्ता अर्डरहरूमा ३ पिस थप गरेर १३ पिस प्रदान गरिने र नोभेम्बरको अन्त्यसम्म हरेक दिन विभिन्न सरप्राइज अफरहरू रहेका कम्पनीले जनाएको छ ।

सन् २०१६ मा पहिलो चरणको लगानी टिएनएबाट संकलन गरेको फूडमाण्डुले २०२० मा टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी संकलन गरेको थियो ।​झण्डै ४० लाख डलरको अहिलेसम्मको सबैभन्दा ठूलो र तेस्रो लगानी डोल्मा इम्प्याक्ट फण्डबाट हालै मात्र संकलन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस