काठमाडौं। जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको विनाशकारी भूकम्पबाट पीडित तथा प्रभावित भएकालाई हिमालयन रिइन्स्योरेन्स लिमिटेडले राहत सहयोग गरेको छ।हिमालयन रिइन्स्योरेन्सले ३५ लाख रुपैयाँ बराबरको राहत सहयोग गरेको हो ।
हिमालयनले शुक्रवार १ हजार ८७८ त्रिपाल र २ हजार कम्बलसहित अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ ।सो संख्याको त्रिपाल रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालय, मुसिकोटमा पुगिसकेको छ भने कम्बल पुग्ने क्रममा रहेको हिमालयनले जनाएको छ ।
‘भूकम्पबाट प्रभावित समुदायसँग हिमालयन रिइन्स्योरेन्स लिमिटेड ऐक्यबद्ध भएर उभिएको छ र पुनर्निर्माण प्रक्रियामा सहयोग प्रदान गर्न अन्यलाई समेत प्रोत्साहन गर्दछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा हालसम्म १५३ जनाको ज्यान गएको छ ।
यस्तै ती दुईसँगै आसपासमा जिल्लामा पनि सयौं घाइते भएका छन् । साथै थुप्रै घर, विद्यालय र सार्वजनिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत, सिंगापुरसहित दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने तयारीमा हिमालयन रिइन्स्योरेन्स
हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड
हिमालयन रिइन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट हुने