काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा पार्टीभित्र र देशमा रूपान्तरणको अभियान चलाएको बताएका छन्।
रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू समाजवादमा जाने कोसिस गरिरहेका बताए।उनले भने, ‘सरकार र पार्टी दुवै ठाउँमा शुद्धीकरण अभियान चलाइरहेका छौँ। पार्टीका अध्यक्ष कमरेड ‘प्रचण्ड’लाई पनि देशका सात वटा वडामा जाने गरी कार्यविभाजन गरिएको थियो। त्यही योजनामा उहाँ आज थवाङ आउनुभएको छ। आफैमाथि प्रश्न उठाउने, आफैँलाई शुद्धीकरण गर्ने काम महत्त्वपूर्ण छ। माओत्सेतुङपछि पार्टीभित्र र देशमा शुद्धीकरण अभियान चलाउनेमा माओवादी पार्टी र अध्यक्ष प्रचण्ड नै हो।’
उनले देशमा भ्रष्टाचारविरोधी अभियान, पार्टीभित्र विशेष रूपान्तरण अभियान सिङ्गो राजनीतिक आन्दोलनको शुद्धीकरण गरेको बताए। उनले भने, ‘रोल्पामा गुणात्मक विकास भएको छ। पहिला ५/६ गाविसमा बाटोले जोडेको थियो। अहिले ७१ वडामा नै मोटरबाटोले छोएको छ। पहिला १०/११ वडामा बिजुली थियो, अहिले सबै वडामा पुगेको छ। गणतन्त्रअघि र गणतन्त्रपछिको विकासको तुलना गरेर हेरौँ, २५० वर्षमा नभएको विकास गणतन्त्रको पछिल्लो १५ वर्षमा भएको छ। यो आजको तथ्य हो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताको लगानी डुबाउन खोज्नेलाई जनताले छुट दिँदैनन् : वर्षमान पुन
सरकारले विचौलिया तत्वको स्वार्थमा काम गर्दा जनता थप निराश भए : वर्षमान पुन
कांग्रेस र एमाले विकृतिका डंगुर हुन् : वर्षमान पुन
‘दलाल नोकरशाही पुँजीवादका विरुद्ध सङ्घर्ष गर्न नसके गणतन्त्र बिचौलियाहरूको कब्जामा जान्छ’
उपचारका लागि वर्षमान पुन चीन प्रस्थान
शेरबहादुर देउवाले नै यो सरकार बिचौलियाले बनाएको स्वीकार गरिसके : वर्षमान पुन