काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आरती साह पीडित परिवारको धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।आज दिउँसो काठमाडौँको माइतीघरमा आरती साहपीडित परिवारको जारी धर्नामा सहभागी भई अध्यक्ष साहले न्यायको लागि ऐक्यबद्धता जनाएका हुन् ।उनले राज्यबाट पीडितलाई न्याय दिलाउन बेवास्ता भएकोमा खेद प्रकट गर्दै काठमाडौं जस्तो केन्द्रमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय भएको बताए ।
उनले भने, ‘नेपालमा लोकतन्त्र छ, गणतन्त्र छ । यो युगमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय हो । राज्यबाट जसरी बेवास्ता भएको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु । र आरती साहको परिवारको मागमा ऐक्यबद्धता जनाउन चाहन्छु ।’
उनले गाउँबाट न्याय माग्दै आउँदा सरकार संवेदनाहीन बनेको भन्दै पीडितलाई चाँडो न्याय दिलाउन माग गरे । जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको दाइजोका कारण परिवारबाटै हत्या भएको माइती पक्षको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धराशायी : प्रभु साह
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग
अवहेलना मुद्दामा प्रभु साहविरुद्ध कारण देखाऊ आदेश जारी
प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता
सरकारले अध्यादेशबाटै शासन गर्न थाल्यो : प्रभु साह
मनोमानी करले उधोग, व्यापार धवस्त हुँदैछन् : प्रभु साह