कोशीका मुख्यमन्त्री कार्की भन्छन् - जनताको स्वास्थ्य र सुरक्षाप्रति सरकार संवेदनशील छ

सफल खबर संवाददाता

मंगलबार, २१ कार्तिक २०८०, १४ : ३८
कोशीका मुख्यमन्त्री कार्की भन्छन् - जनताको स्वास्थ्य र सुरक्षाप्रति सरकार संवेदनशील छ

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको स्वास्थ्य र सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।​धनकुटास्थित कोशी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०७९/८० मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

बजेट प्रतिस्थापन विधेयकमार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी फरक ढङ्गले काम गर्ने उनले प्रतिबद्धता जनाए ।मुख्यमन्त्री कार्कीले जनसेवा र जनसुरक्षामा कमी हुन नदिन नयाँ स्वास्थ्य सुरक्षा नीति चाँडै घोषणा गरिने जानकारी दिए ।

उनले स्वास्थ्यकर्मी सरकारको अंग भएकाले जनउत्तरदायी भएर कार्य गरेमा मात्र सरकारको सफलता देखिने उनले बताए ।जनतालाई स्वस्थ बनाउन सेवा प्रवाहमा कुनै किसिमको हेलचेक्रयाई नगर्न निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नैतिकवान भएर स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरे । 

उनले आफ्नो ध्यान सरकार टिकाउनु नभइ सुशासन कायम गरी जनअधकारप्रति उत्तरदायी भएर कार्य गर्नु रहेको बताए ।

प्रतिक्रिया दिनुहोस