काठमाडौं। नेकपा एमालेले जाजरकोटको भूकम्पमा परी घरबारविहीन भएकालाई १ करोड रूपैँया बराबरको राहत सामग्री वितरण गर्ने तयारी गरेको छ । पार्टीको समाजिक सेवा केन्द्रले भूकम्पपीडितका लागि राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाउने तयारी गरेको हो ।
केन्द्रका प्रमुख एवं एमाले केन्द्रीय सदस्य मोतीलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा विपत्तिमा परेकालाई सहयोग गर्न केन्द्र अग्रसर भएको हो । केन्द्रले भूकम्पपीडितका लागि चामल, दाल, चाउचाउ, बिस्कुट, नुनजस्ता खाद्य सामग्री उपलब्ध गराउने छ । यसैगरी कम्बल र टेन्ट पनि तिवरण गर्न लागिएको छ ।
दुगडका अनुसार राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङलगायतका ठाउँमा किनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले देशभरका वडामा जनचेतना फैलाउने
एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा
सरकार परिवर्तनकाे कुनै सम्भावना छैन: एमाले प्रमुख सचेतक
एमाले सचिवालयको बैठक बस्दै
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त
रसुवा एमालेमा पहिरो, एकपछि अर्काे नेताले छोडन थाले पार्टी