एकीकृत समाजवादीले भूकम्पपीडितलाई २५ लाख दिने

सफल खबर संवाददाता

सोमबार, २० कार्तिक २०८०, १५ : ४३
एकीकृत समाजवादीले भूकम्पपीडितलाई २५ लाख दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्पपीडितका लागि २५ लाख दिने भएको छ । 

सोमबार बसेको पार्टी सचिवालय बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्न पार्टीले २५ लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

साथै मेची–महाकाली जागरण अभियानका क्रममा १० हजार २७४ जना पार्टी प्रवेश गरेको खतिवडाले दाबी गरेका छन् ।