काठमाडौं । विभिन्न स्थानबाट जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् ।
गोकर्णेश्वतर नगरपालिका ६ नयाँबस्ती डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका ३ की डोमा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पालगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । नगद ५४ हजार ७५० रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।
भक्तपुर नगरपालिका ३ वंशगोपालस्थित काभ्रे तिमाल गाउँपालिका ९ का २४ वर्षीय बुद्ध लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नगद २५ हजार ६५५ रुपैयाँसहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका ४ मानवअधिकार चोकबाट स्याङ्जा वालिङ ३ का ३२ वर्षीय यमबहादुर गुरुङले सञ्चालन गरेको प्रिन्सीका किराना पसलमा जुवातास खेलिरहेको अवस्थमा यम बहादुरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नगद ४६ हजार ९७५ रुपैयाँसहति पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, ०७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनलाइन जुवा खेलाएको आरोपमा ११ जना भारतीय नागरिक पक्राउ
जुवातास खेलेको आरोपमा १२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ