काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ ।
समाजवादी पार्टीको आइतबार बसेको बैठकले पीडितहरुको उद्दार तथा राहतमा खट्न पार्टी पङ्तिलाई निर्देशन दिएको छ । उद्धार र राहतलाई प्रभावकारी बनाउन पार्टीका उपाध्यक्ष भक्तबहादुर शाहको नेतृत्वमा ३ सदस्यीय टिम बनेको छ ।
राहतका लागि खाद्यान्न लगायतका सामाग्री संकलन गर्ने निर्णय पनि भएको कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि
नेसपाले फेर्यो पार्टीको नाम र झण्डा
वायु प्रदूषण नियन्त्रण माग गर्दै नेसपाले गर्यो प्रदर्शन
नेसपाको महिन्द्र पक्षले बोलायो आकस्मिक बैठक
नेपाल समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक बस्दै