काठमाडौँ । आज (आइतबार)का लागि बोलाइएको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोली (सोमबार) बस्नेगरी सरेको छ ।गृहकार्य नपुगेको भन्दै आइतबारका लागि निर्धारित बैठक सोमबार बस्नेगरी सरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘छलफलका विषयहरु महत्त्वपूर्ण भएको र गृहकार्य अपुग भएकाले सोमबार बिहान साढे ८ बजे पार्टी कार्यालयमा बस्नेगरी मिति सरेको छ’, प्रमुख खतिवडाको भनाइ छ ।
बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशन र सरकारका कामकारवाहीबारे छलफल हुने नेताहरुले बताएका छन् ।त्यसबाहेक अन्तरपार्टी निर्देशन (अपानी–११) का बारेमा समेत छलफल गर्ने नेताहरुको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १५ : ५१
लेखकबाट थप