नेपालको तेस्रो गुम्यो, कुशल भुर्तेल ३१ रन बनाएर आउट

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, ११ : ४७
नेपालको तेस्रो गुम्यो, कुशल भुर्तेल ३१ रन बनाएर आउट

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गत ओमानविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ। नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल तेस्रो विकेटको रुपमा पेभेलियन फर्किएका छन्। 

२२ बलको सामना गरेका भुर्तेलले ३१ रन बनाए। जसक्रममा उनले २ छक्का र ३ चौका प्रहार गरे। नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो। आसिफ ६ बलमा ६ रन बनाएर पेभेलियन फर्किएका थिए। 

दोस्रो विकेटका रुपमा सन्दीप जोरा १० रन बनाएर आउट भए। १३ बलको सामना गरेका जोराले १ चौका प्रहार गरे।  आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गत ओमानविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ। नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल तेस्रो विकेटको रुपमा पेभेलियन फर्किएका छन्। 

२२ बलको सामना गरेका भुर्तेलले ३१ रन बनाए। जसक्रममा उनले २ छक्का र ३ चौका प्रहार गरे। नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो। आसिफ ६ बलमा ६ रन बनाएर पेभेलियन फर्किएका थिए। 

दोस्रो विकेटका रुपमा सन्दीप जोरा १० रन बनाएर आउट भए। १३ बलको सामना गरेका जोराले १ चौका प्रहार गरे। 

प्रतिक्रिया दिनुहोस