काठमाडौँ । नेपाल प्रहरीले भूकम्पपीडितलाई सहयोग गर्दा व्यक्ति वा संस्थाको आधिकारिकता जाँच गरेर मात्र उपलब्ध गराउन अनुरोध गरेको छ । शुक्रबार राति जाजरकोटमा गएको भूकम्पपछि धेरैले भूकम्पपीडितको नाममा सहयोग उठाउन थालेपछि प्रहरीले शनिबार एक सूचना प्रकाशित गर्दै यस्तो अनुरोध गरेको हो ।
“भूकम्पपीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा सङ्घ–संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला,” नेपाल प्रहरीले भनेको छ ।
इन्टरनेट ‘स्क्यामर’ वा ‘एक्सप्लोइटर’हरूबाट सावधान रहन प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति?
नेपाल प्रहरीका ८ जना डिआइजीमा बढुवा गर्न सिफारिस
प्रहरी महानिरीक्षक कुँवरद्वारा केन्द्रीय प्रहरी परिचालन कक्षको उद्घाटन
नेपाल प्रहरी र आइसिटापबीच कोडिस सफ्टवेयर कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
एआईजी जोशीलाई दर्ज्यानी चिह्न प्रदान
प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित