एकै ओभरमा यूएईका दुई ब्याटर आउट, सोमपालले लिए वसीमको विकेट

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १२ : ०२
एकै ओभरमा यूएईका दुई ब्याटर आउट, सोमपालले लिए वसीमको विकेट

काठमाडौं। आईसीसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा नेपालले लगातार दुई विकेट लिएको छ । शुक्रबार मुलपानी मैदानमा टस हारेर फिल्डिङ रोजेको नेपालले एकै ओभरमा यूएईका दुई ब्याटरलाई आउट गराएको हो ।

यूएईका खालिद शाह रन आउट भएका हुन् भने मोहम्मत वसिमलाई सोमपाल कामीले आउट गरेका हुन् । वसीम क्याच आउट भएका हुन् । उनले १६ बलमा २६ रन बनाए।विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस