मलेसियाविरुद्ध कुशल मल्लले बनाए २५ बलमै अर्धशतक

सफल खबर संवाददाता

मंगलबार, १४ कार्तिक २०८०, १६ : ४०
मलेसियाविरुद्ध कुशल मल्लले बनाए २५ बलमै अर्धशतक

काठमाडौं। आईसीसी टी–२० विश्वकप छनोटको दोस्रो खेलमा मलेसियाविरुद्ध पनि कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।मलेसियाविरुद्ध १६६ रन पछ्याउने क्रममा मल्लले २५ बलमा ५२ रन बनाउँदै अर्धशतक प्रहार गरेका हुन् । मल्लले ७ छक्का र १ चौका प्रहार गरेका छन् ।

 

नेपालका कुशल भुर्तेल २५ बलमा ४३ रन बनाउँदा अर्धशतक बनाउनबाट चुकेका थिए ।अर्का ओपनर आशिफ शेखले २३ बलमा ३२ रन बनाए ।१६६ रन लक्ष्य पछ्याएको नेपाल जीततर्फ अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस