मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य, अविनाशले लिए ४ विकेट

सफल खबर संवाददाता

मंगलबार, १४ कार्तिक २०८०, १४ : ५७
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य, अविनाशले लिए ४ विकेट

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई १ सय ६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए ।

बलिङतर्फ नेपालका अबिनाश बोहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान रोहित पौडेलले समान १ विकेट लिए ।पहिलो खेलमा नेपालले हिजो सोमवार सिङ्गापुरलाई ८ विकेटले हराएको थियो । नेपाल रहेको समूहमा सिङ्गापुर, ओमान र मलेसिया छन् ।

समूहमा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने २ वटा टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस