कैलाली । बैतडीमा एक किशोरी बलात्कृत भएकी छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी १८ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा पञ्चेश्वरकै १७ वर्षीय एक किशोरलाई पक्राउ गरिएको छ ।
किशोरीको उजुरीको आधारमा किशोरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । असार २७ र भदौ २३ गते राति घरमै बोलाएर जबरजस्ती करणी गरेको आरोपमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
उनका अनुसार किशोरमाथि जवरजस्ती करणी मुद्दा दर्ता भएर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । घटना किन ढिलो सार्वजनिक भयो भन्ने बिषयमा पनि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ कार्तिक २०८०, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत
छाउगोठमा बसेकी १६ वर्षिया किशोरी बलात्कृत, एक जना पक्राउ
६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत