आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र सिंगापुर भिड्दै

सफल खबर संवाददाता

सोमबार, १३ कार्तिक २०८०, ०६ : ५५
आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र सिंगापुर भिड्दै

काठमाडौ । घरेलु टोली नेपालले सोमबार सिंगापुरसँग भिड्दै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुरुआत गर्दैछ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल आज बिहान ९ बजे सुरु हुनेछ। 

उपाधिको दाबेदार मानिएको नेपाल सिंगापुरलाई हराउँदै टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुरुआत गर्न चाहान्छ। 

यसअघि घरेलु मैदानमा नै भएको त्रिकोणात्मक सिरिजमा टोली बाहिर रहेका लेग स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किएका छन्। सन्दीप टोलीमा फर्कदा सन्दीप जोरा र ललित राजवंशी मध्य एक टोली बाहिर रहनेछन्।

यसअघि भएको त्रिकोणात्मक टी–२० आई सिरिजबाट स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र लोकेश बम बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस