काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलहरूमाथि प्रश्न उठाउने कोसिस भइरहेकोले यसको जवाफ दिइने बताएका छन् । कांग्रेस मुख्यालय सानेपामा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पुगेका उनले पत्रकारको जिज्ञासामा उनले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिन गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।’
कार्यक्रममा ओलीसहितका शीर्ष नेता पुगेका थिए ।ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोललगायतका नेता पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डले पनि पुराना दल र नेताले जवाफ दिने तयारी भएको भन्दै समय आएपछि सबैले थाहा पाउने बताए । त्यसका लागि आफूले भेटघाट बढाएको पनि प्रधानमन्त्रीले पत्रकारलाई प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली
संयन्त्र डाकेर छलफल गर्न ओली-देउवा तयार
प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच फोन सम्वाद