काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको आक्रमणबाट मृत्यु भएका भनेर प्यालेस्टाइनीहरूले सार्वजनिक गरिरहेको संख्यामाा आफूलाई विश्वास नलागेको बताएका छन् ।
बुधबार हृवाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनलाई गाजामा इजरायलले गरेको आक्रमणबाट ६५०० भन्दा बढी मानिसको मृत्यु भएको र त्यसमा २७०० भन्दा बढी बालबालिका रहेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयको तथ्यांक राखेर एक पत्रकारले राखेको प्रश्नमा बाइडेनले आफूलाई विश्वास नभएको जवाफ दिएका हुन् ।
‘प्यालेस्टिनीहरूले कति मानिसहरू मारिएका छन् भन्नेबारे सत्य बोलिरहेका छन् भन्ने कुरामा मलाई कुनै विश्वास छैन । म निश्चिन्त छु कि निर्दोषहरू मारिएका छन्, तर यो युद्ध लड्नुको मूल्य हो’, बाइडेनले भने ।
बाइडेनले इजरायलविरुद्ध युद्ध प्रचार गर्नेहरूको कुरामा ध्यान केन्द्रित नगर्न इजरायल होसियार रहनुपर्ने समेत बताए । ‘यो इजरायलको हितविरुद्धको कुरा हो । प्यालेस्टीहरूले भनिरहेको मृतकको संख्यामा मलाई विश्वास छैन’, बाइडेनले भनेका छन् ।
यद्यपि, बाइडेनले प्यालेस्टिनीले सार्वजनिक गरेको तथ्यांकमा किन विश्वास नलागेको हो भन्ने बारेमा भने कुनै प्रमाण पेस गरेनन् । बाइडेनको उक्त टिप्पणीमाथि काउन्सिल अन अमेरिकन-इस्लामिक रिलेसन (सीएआईआर) असन्तुष्टि व्यक्त गर्दै ‘विचलित’ बनाएको भन्दै राष्ट्रपतिलाई माफी माग्न आग्रह गरेको छ ।
‘हताहत हुनेको संख्याको पुष्टि भइसकेको छ । गाजाबाट हरेक दिन आउने अनगिन्ती भिडियोहरूले प्यालेस्टिनी महिला र बालबालिकाको क्षतविक्षत शवहरूले पनि यस घटनाको वास्तविकता के हो भन्ने देखाउँछ’, सीएआईएआरका कार्यकारी निर्देशक निहाद अवदले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०९ कार्तिक २०८०, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण
बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन