काठमाडौँ । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका चार जनाको शव आइतबार साँझ धनगढी पुर्याएर परिवारलाई बुझाइएको छ ।
कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, कैलाली जोशीपुर ५ का आशिष चौधरी, दार्चुला मालिकार्जन ४ का लोकेन्द्रसिंह धामी र दार्चुलाकै लेकम ५ का दीपेशराज बिस्टको शव धनगढी ल्याइएको हो ।
दार्चुलाका शवहरू सम्बन्धित स्थानीय तहको समन्वयमा शव वाहन व्यवस्थापन गरी पठाइएको छ भने कैलालीका शवलाई पनि त्यसैगरी पठाइएको हो । नेपालका लागि इजरायलका राजदूतसमेत धनगढी पुगेर मृतकका आफन्तलाई भेटघाट गरेका छन् । परिवारजन धनगढी विमानस्थलमै पुगेका थिए ।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । ती मध्ये सात जना सुदूरपश्चिमका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ कार्तिक २०८०, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले आज ६ जना इजरायली बन्धकलाई रिहा गर्दै
४ इजरायली बन्धकको शव फिर्ता गर्दै हमास, इजरायलकै हमलामा मारिएको जिकिर
इजरायललाई ६ जना बन्दी र ४ शव फिर्ता गर्दै हमास
हमासले रिहा गर्ने थप तीन बन्धकको नाम सार्वजनिक
हमासले बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायलको चेतावनी
बन्धक रिहाइ रोक्ने हमासको घोषणा