काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो धेरैपछि राजनीतिमा सक्रिय देखिएका छन् ।लोसपामा निष्क्रिय जस्तै बसेका महतो दसैँको अवसरमा भने ‘शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम’को नाममा मधेस दौडाहामा निस्केका हुन् ।
विभिन्न जिल्लामा केही दिन उनी त्यस्तो कार्यक्रममा सहभागी भएका थिए भने हाल काठमाडौँ फर्किसकेका छन् । असोज २४ गते सर्लाही गएका महतो मोरङसम्म पुगेर हिजो काठमाडौँ फर्किएका हुन् ।लोसपाले सार्वजनिक गरेको केन्द्रीय कार्य समितिको नामावलीप्रति उनी असन्तुष्ट रहँदै आएका थिए ।
कार्य समितिप्रति वरिष्ठ नेता महतो पक्षका अधिकांश नेताहरू असन्तुष्ट छन् । असोज २४ गते उनी आफै सर्लाही नपुगेको भए उनी पक्षका थुप्रै नेताहरू लोसपा छाडेर अन्य पार्टीमा गइसकेका हुन्थे ।उनी त्यो कुरा थाहा पाएर हतार हतार सर्लाही पुगेको बताइएको छ । असन्तुष्ट कार्यकर्तालाई भेटेर उनले तत्कालका लागि थामथुम पारेका छन् ।
त्यसपछि उनी तीन दिनसम्म जनकपुरमा बसे । २०७४ को चुनाव जितेको धनुषा–३ मा कार्यकर्ताहरूसँग भेटघाट गर्नुको साथै शक्तिपिठहरुमा पूजापाठ समेत गरे ।त्यहाँबाट कात्तिक २ गते सप्तरी पुगे । त्यहाँ पनि एक कार्यक्रमको आयोजना गरी आफ्ना पार्टीका असन्तुष्ट कार्यकर्तालाई भेटेर छलफल गरे । कार्यकर्तालाई चित्त बुझाउने काम उनले गरे ।
कार्य समिति गठन गर्दा त्रुटि भएको भएको भन्दै त्यसमा सुधार गर्ने आश्वासन उनले कार्यकर्ताहरूलाई दिएको बताइएको छ ।सप्तरीबाट उनी सुनसरी पनि गए । त्यहाँ समेत उनले कार्यक्रमको आयोजना गरी असन्तुष्ट नेता तथा कार्यकर्तालाई फकाउने प्रयास गरे । त्यहाँबाट उनी मोरङ समेत गएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ कार्तिक २०८०, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र महतोको बारेमा कुनै निर्णय गरिरहन परेन:लोसपा
गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैन : नेता महतो