काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका भ्रमणमा जाने भएका छन् । यही कात्तिक ११ पछि मन्त्री साउदले अमेरिका भ्रमण गर्न लागेका बताइए पनि भ्रमणकाे औपचारिक घाेषणा भने हुन बाँकी छ । मन्त्री साउदकाे सचिवालयले भ्रमणकाे तालिका केही दिनमा सार्वजनिक हुने जानकारी दिएकाे छ ।
संयुक्त रास्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेज कात्तिक ११ गते राति काठमाडाैं आइरहेका छन् । परराष्ट्रमन्त्री साउदले गुटरेजसँग कात्तिक १२ गते भेट गरेपछि मात्रै अमेरिका जाने गरी भ्रमणको नयाँ कार्यतालिका बनिरहेको उनकाे सचिवालयले जानकारी दिएकाे छ ।
गुटरेज यसअघि असोज २६ र २७ मा नेपाल आउने कार्यक्रम भए पनि पछि रद्द भएकाे थियाे । गुटरेजकाे नेपाल भ्रमणकाे तालिकाका कारण परराष्ट्रमन्त्री साउदकाे अमेरिका भ्रमणकाे मिति पनि धकेलिएकाे सचिवालयकाे भनाइ छ ।
भ्रमणका एजेन्डा तय गर्न भने मन्त्रालयका पदाधिकारीहरू लागिपरेका छन् । परराष्ट्रमन्त्रीको हैसियतमा सन् २०१८ मा प्रदीप ज्ञवाली अमेरिका भ्रमण गरेका थिए । १७ वर्षको अन्तरालमा नेपालबाट परराष्ट्रमन्त्रीको भ्रमण भएको थियो । त्यसपछि साउद अमेरिका भ्रमणमा जान लागेका हुन् ।
ज्ञवाली भ्रमणका गएको बेलामा अमेरिका सहायता परियोजना एमसीसीको विषयमा थप सम्झौता गरेको भन्दै व्यापक आलोचना भएको थियो । त्यही भ्रमणपछि नेपालमा एमसीसीको विषयमा चर्को विमर्श भएको थियो । नेपाललाई अमेरिकाले पछिल्ला दिनमा निकै प्राथमिकतामा राखेर दोहोरो राजनीतिक भ्रमणमहरू बाक्लो बनाउने प्रयासमा लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री आरजु भारत हुँदा मल्दोभाका विदेशमन्त्री नेपालमा
भारतबाट १२ दिनपछि आज फर्किंदै परराष्ट्रमन्त्री आरजु राणा
परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै, मन्त्री भएको २४१ दिनमा झण्डै ६० दिन देशबाहिरै
महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान