काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया र युरोपियन युनियनका राजदूत लोरेन्जो भेरोनिक्यूबीच भेटवार्ता भएको छ।
आज भएको भेटवार्तामा निर्वाचन आयोग र युरोपियन युनियनबीच विगत दुई दशकयता भएका कार्यगत सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको आयोगले जनाएको छ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन प्रक्रियाको समग्र सुधारका निम्ति आयोगले तयार गरेको कार्ययोजनाबारे बताएका थिए।सो अवसरमा व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक रहेको राजदूत भेरोनिक्यूले स्पष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे आज निर्णय हुने