काठमाडौँ । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले कार्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्ने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । प्रतियोगिता अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको नियमअनुसार खेलाइने छ ।
खेलका दौरान कुनै विवाद भए आयोजकको निर्णय नै अन्तिम हुने युवा संघ नेपाल साइबर सर्कल प्रमुख अजित लामाले बताए । उनले खेलको विजेतालाई २ लाख, दोस्रोलाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कार दिइने बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झण्डा र ब्यानर प्रयोग गरे कानुनी कारबाही गर्ने नितेश समूहलाई युवा संघको चेतावनी